यूएईले कुवेतलाई १ सय ४३ रनको भारी अन्तरले हरायो - Chaitanya News
  • 2026-06-05
  • 19:42:45
  • शुक्रबार,जेठ २२, २०८३
  • यूएईले कुवेतलाई १ सय ४३ रनको भारी अन्तरले हरायो

    यूएईले कुवेतलाई १ सय ४३ रनको भारी अन्तरले हरायो

    काठमाडौं– एसीसी मेन्स प्रिमियर कपमा यूएईले कुवेतलाई १ सय ४३ रनको भारी अन्तरले हराएको छ।

    यूएईले दिएको ३ सय ७२ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयो। कुवेतका लागि सयद मोनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए। बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३र३ विकेट लिए।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायो। यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र रोहन मुस्तफाले १ सय १८ रन बनाए। २४ रनमा ३ विकेट गुमाएको अवस्थामा अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २ सय ७५ रनको साझेदारी गरेपछि यूएईले विशाल योगफल बनाएको हो। बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २र२ विकेट लिए।

    एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ। शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ। हिजो मङ्गलवारदेखि सुरु भएको प्रतियोगिता आउँदो १८ गतेसम्म हुनेछ।

    प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह बी मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्।