भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्डलाई मोदीले पठाए निम्तो - Chaitanya News
  • 2026-07-04
  • 06:34:52
  • शनिबार,आषाढ २०, २०८३
  • भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्डलाई मोदीले पठाए निम्तो

    भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्डलाई मोदीले पठाए निम्तो

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ। उनलाई भारतबाट भ्रमणको निम्तो आइसकेको प्रधामन्त्री कार्यालय स्रोतले बताएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमण भारतबाटै सुरु हुने पक्का भएको छ। उनलाई भारतबाट भ्रमणको निम्तो आइसकेको प्रधामन्त्री कार्यालय स्रोतले बताएको छ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत निम्तो पठाएका हुन्। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि भन्दै तीन दिनअघि परराष्ट्रमन्त्री एनपी साउद नियुक्त भएका थिए।

    भ्रमणको तयारी पूरा भएपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैशाख अन्तिम साता प्रधानमन्त्रीको भ्रमण हुन सक्ने स्रोतको भनाइ छ।