चुनावी सभाका लागि तनहुँको डुम्रे पुगे प्रधानमन्त्री - Chaitanya News
  • 2026-07-04
  • 06:34:52
  • शनिबार,आषाढ २०, २०८३
  • चुनावी सभाका लागि तनहुँको डुम्रे पुगे प्रधानमन्त्री

    चुनावी सभाका लागि तनहुँको डुम्रे पुगे प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनहुँको डुम्रे पुगेका छन्।

    वैशाख १० मा हुने उपनिर्वाचनका लागि आयोजित चुनावी प्रचार सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड बुधबार दिउँसो डुम्रे पुगेका हुन्।

    तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार छन्।

    चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत पनि डुम्रे पुगेका छन्।