काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना तत्काल सुरु गर्न माग गरेका छन्।
आजको (बुधवार)प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले आयोजना निमार्णको काम अगाडी बढाउने प्रतिज्ञा गर्न सरकारलाई सभामुख मार्फत रुलिङको माग गरेका छन्।
१२ सय मेगावाटको राष्ट्रिय गौरवको धादिङ र गोरखाको सिमानामा रहेको आयोजनाको विस्तृत अध्यययन सकिएको र वातावरणिय प्रभाव मुल्यांकनको कार्यसमेत सकिएको भन्दै उक्त आयोजना तत्काल सुरु गर्नुपर्ने आवश्यक्ता औंल्याए।
पाण्डेले उक्त आयोजना सम्पन्न गर्न २ खर्ब,६० अर्ब रकम आवश्यक पर्ने उल्लेख गर्दै सरकारले आयोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ तेलबाट कर उठाइसकेको छ। वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ। २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्छ। निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्छ। वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना बन्छ’ उनले भने।
यो आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै उनले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताए।
काठमाडौं,६ वैशाख। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना तत्काल सुरु गर्न माग गरेका छन्।