रवि लामिछानेका गाडी चालक थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो - Chaitanya News
  • 2026-11-12
  • 09:39:48
  • बिहिबार,कार्तिक २७, २०८३
  • रवि लामिछानेका गाडी चालक थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    रवि लामिछानेका गाडी चालक थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

    चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो। तर उपचारमा संलग्न चिकित्सक र आफन्तजनको सल्लाहमा उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको हो।

    रास्वपा सभापति लामिछानेले बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी चिकित्क र आफन्तको सल्लाहमा काठमाडौं पठाइएको फेसबुकमार्फत जानकारी दिएका छन्।

    चितवनमा रवि लामिछाने बस्दै आएको घरको छतबाट खसेका थापा गम्भीर घाइते भएका थिए।

    उनको सोमबार नै चितवनको पुरानो मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरिएको थियो र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।