काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सशक्त बनाएर राजनीतिक स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताएका छन्।
मंगलबार सुर्खेतमा अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई सम्बोधन गर्दै पोखरेलले अभियानले मुलुकमा नयाँ तरंग पैदा भएको बताए। एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
निर्वाचनमा एमालेले अपेक्षाकृत नतिजा हाँसिल गर्न नसके पनि जनतामा लोकप्रीय पार्टी बन्न सफल भएको उल्लेख गर्दै पोखरेलले गठबन्धन नगरेर चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनको भनाइ छ।
बैठकमा अभियानका क्रममा पार्टी सुदृढीकरणका लागि भएका प्रयास, कार्यकर्ताको अपेक्षालगायत पार्टीको भावी रणनीतिका बारेमा बृहत छलफल हुने जनाइएको छ।