सुर्खेत– कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले युवाहरू समाज रूपान्तरणका लागि अहम् भूमिका रहेको बताएका छन्।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरन्डेक, नेपाल) कालिकोट र ग्रामीण हिमाली क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण (शुलभ) परियोजनाको आयोजनामा कर्णाली प्रदेशस्तरीय युवा सञ्जाल बैठक तथा अन्तर्क्रिया कार्यक्रम सम्बोधन गर्दै उपाध्यक्ष शाहीले समाजका भएका असमानता हटाउन पनि युवाहरूको भूमिका निकै ठूलो रहेको बताएका हुन्।
युवाले समाजमा परिवर्तनका लागि कुनै न कुनै नयाँ कामको थालनी गर्नुपर्ने उपाध्यक्ष शाहीले बताए। ‘युवाले समाज रूपान्तरणको काम गर्नुपर्दछ,’ उनले भने,‘समाज रूपान्तरणका लागि युवाहरूको अहम् भूमिका रहेको छ।
युवाहरूलाई उद्यमशिलता लैजान आज आवश्यक रहेको त्यसका लागि कर्णाली योजना आयोगले काम गरिरहेको उपाध्यक्ष शाहीले बताए। ‘हामी युवाहरूलाई स्वदेशमै राजगारी दिने गरि काम गर्न आवश्यक रहेको छ,’ उनले भने,‘युवाहरूलाई कसरी उद्यमशीलतामूलक रोजगारी दिने भन्ने हो।’
गैसस महासंघ कर्णाली प्रदेशका इन्चार्ज घनश्याम केसीले युवा भनेका समाजका ऐना भएकाले युवाहरूले समाजमा समृद्धीको काममा लाग्नु पर्ने बताए। ‘युवाहरूले राष्ट्र सेवादेखि समाज सेवा गर्नु आजको आवश्यकता हो,’ उनले युवाहरूले देशका लागि केही न केही उदारणिय काम गर्न आवश्यक रहेको छ।’
गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरि अधिकारीले शहरीकरण हुँदै जादाँ समाजमा विकृति र विसंगति पनि सँगै आउने भएकाले त्यसतर्फ युवाहरू सजक हुनुपर्ने बताए। ‘शहरीकरणले आज विकास मात्रै आउँदैन,’ उनले भने,‘शहरीकरणले विकृती र विसंगति पनि आउने भएकाले यसतर्फ सबैले सजक हुन आवश्यक रहेको छ।
गैसस महासंघ कालिकोटका अध्यक्ष वीरेन्द्रबहादुर बुढाले कर्णालीमा विकासमा युवाहरूको अंहम भूमिका भएकाले युवाहरूलाई कर्णाली क्षेत्रको जलवायु परिवर्तन आयआर्जन, उद्यमशीलता क्षेत्रमा समाहित गरेर युवाहरूलाई संगठित समाजमा केही राम्रो काम गर्नका लागि आवश्यक रहेको बताए।
‘हामी युवाहरूलाई वातावरणीय क्षेत्रसँग लगायतका अन्य क्षेत्रसँग आयआर्जन सीपमूलक क्षेत्रमा काम गराउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘हामीले युवाहरूलाई कसरी आत्मनिर्भर बनाउने भन्ने लक्ष्य राखेका छौं।
युवाहरूले समाजमा सकरात्माक सन्देश दिन आवश्यक रहेको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बताए। ‘युवाले समाज सकारात्माक सन्देश प्रवाह गर्न आवश्यक रहेको छ,’ उनले भने,‘त्यसका लागि युवाहरूले अहंम् भूमिका खेल्नुपर्छ।
युवाहरूलाई राम्रो क्षेत्रमा काम गर्न प्रोत्साहन गर्नका युवा सम्मेलनको आयोजना गरिएको बैठक तथा अन्तर्क्रिया कार्यक्रमका सभापति पनि रहेको हुरुन्डेक कालीकोटका उपाध्यक्ष दीलिपकुमार शाहीले बताए। ‘हामीले विकासको दिगोपनासँग जोडेर युवा सम्मेलन गर्न लागेका हौं,’ उनले भने,‘देश विकासमा हामी युवाहरूको महत्वपूर्ण भूमिका रहेको छ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र९हुरन्डेक, नेपाल० कालीकोट र ग्रामीण हिमाली क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण (शुलभ) परियोजनाको आयोजनामा कर्णाली प्रदेशस्तरीय युवा सञ्जाल बैठक तथा अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ।
कर्णाली प्रदेशका १० जिल्लाका युवाहरू संग्लन रहेको बैठकमा नयाँ कार्य समिति चयन गर्नुका साथै वातावरणीय प्रभाव मूल्यांकन, युवाहरूको सक्रियतामा समाजमा रहेका विसगती, विकृति र युवा सहभागितामा रोजगारीमूलक क्षेत्रको काममा अन्तर्क्रिया बैठक नयाँ निर्णय गर्ने आयोजकले जनाएको छ।