प्रदेश लोकसेवा गर्‍यो एक परीक्षार्थीको परीक्षा रद्द - Chaitanya News
  • 2026-06-21
  • 15:30:06
  • आइतबार,आषाढ ०७, २०८३
  • प्रदेश लोकसेवा गर्‍यो एक परीक्षार्थीको परीक्षा रद्द

    प्रदेश लोकसेवा गर्‍यो एक परीक्षार्थीको परीक्षा रद्द

    काठमाडौं- प्रदेश लोसेवा आयोग वीरेन्द्रनगर सुर्खेतले २०७९ चैत ३० गते लिएको परीक्षामा एक परीक्षार्थीको परीक्षा रद्द गरिएको जनाएको छ।

    विज्ञापन नम्बर ३०८-३११/०७९/०८० नेपाल प्रशासन सेवा, प्रशासन/लेख सहायक पदको दोस्रो चरणको चैत ३० लिखित परीक्षा दिएका एक परीक्षार्थीको परीक्षा रद्द गरिएको हो।

    लिखित परीक्षामा सहभागी हुम्लाको सिमकोटो गाउँपालिका-८ का १४४६३ नम्बर मास्टर आइडी र १५६४ रोल नम्बर भएका सञ्जय बुढाले विषय गत उत्तर पुस्तिका खण्ड क, ख र ग मध्ये ग को उत्तरपुस्तिका नबुझाइ आफूसँग लिएको हुँदा आयोगको वैशाख ३ गतेको निर्णयले उनको उक्त विज्ञापन बमोजिमका सबे परीक्षा रद्द गरिएको जनाएको छ। उनलाई आयोगले तीन वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाएको छ।