मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा लिङ्देनको आपत्ति - Chaitanya News
  • 2026-07-04
  • 04:55:50
  • शुक्रबार,आषाढ १९, २०८३
  • मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा लिङ्देनको आपत्ति

    मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा लिङ्देनको आपत्ति

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा आपत्ति जनाएका छन्।

    आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद लिङ्देनले पीडितमाथि प्रहरी प्रशासनले गरेको दमनमा आपत्ति प्रकट गरेका हुन्।

    निमुखामाथि प्रहरीले आक्रमण गरेर घाइते बनाएको घटनाप्रति उनले दुःख व्यक्त गरे। तराई–मधेशका विभिन्न जिल्लामा हरुवाचरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले सरकारसँग आग्रह गरे।