भारत– भारतको उत्तर प्रदेशमा अनौठो घटना सार्वजनिक भएको छ।
उन्नाव नामक स्थानमा एक महिलालाई सर्पले टोक्यो। त्यसपछि उनका पति उनलाई अस्पताल लग्नुको साटो सर्पलाई नै लिएर अस्पताल गए।
नरेन्द्र नामक ती पतिले बोरामा सर्प राखेर अस्पताल लगेका थिए।
सर्पले टोकेपछि पत्नी चिच्याएर बेहोश भएकी थिइन्। त्यसपछि महिलालाई हतारहतार अस्पताल लगियो। अनि पतिलाई घटनाको जानकारी दिइयो।
पतिले जानकारी पाएपछि पनि पत्नीलाई भेट्नै गएनन्। बरू घर गएर उनले सर्प समाते अनि त्यसैलाई लिएर अस्पताल गए।
सर्प लिएर आएको नरेन्द्रलाई देखेर अस्पतालका मानिसहरू छक्क परे अनि किन ल्याएको भनी सोधे।
क्न सर्पले टोकेको भन्ने आधारमा पत्नीको उपचार गर्न सकिएला भनी सर्प लिएर आएको ती व्यक्तिले बताए।
अहिले महिला खतरामुक्त छिन्।