काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटको पेशी हेर्न नभ्याइनेमा परेको छ।
कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको रिट समय अभावको कारण हेर्न नभ्याइनेमा परेको हो।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुने भनिएको थियो।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।