विदेश पठाइदिने भन्दै ६६ लाख ठगी , दुई जना पक्राउ - Chaitanya News
  • 2026-06-21
  • 13:11:13
  • आइतबार,आषाढ ०७, २०८३
  • विदेश पठाइदिने भन्दै ६६ लाख ठगी , दुई जना पक्राउ

    विदेश पठाइदिने भन्दै ६६ लाख ठगी ,  दुई जना पक्राउ

    काठमाडौं- विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन पारेर ६६ लाख बढी ठगी गर्ने २ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालीकोट घर भई हाल गोंगबु बस्ने सुधनकुमार शाही र अनिल श्रेष्ठलाई पक्राउ गरेको हो।

    अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले २२ जनाबाट ५ लाखका दरले रकम उठाइ ठगी गरेको उजुरी परेको थियो। उजुरीका आधारमा उनीहरूलाई गोंगबुबाटै पक्राउ गरिएको हो।

    इटली, दक्षिण कोरिया, न्युजिल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूले रकम लिएर फरार भएका थिए। महिनाको १ लाख बढी कमाइ हुन्छ र आकर्षक सुविधा छ, कार्ड पनि बन्द भन्दै पीडितलाई प्रलोभनमा
    पारेका थिए।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेसनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधनकुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।