आज काठमाडौंमा तुवाँलो लाग्ने सम्भावना - Chaitanya News
  • 2026-06-21
  • 13:11:12
  • आइतबार,आषाढ ०७, २०८३
  • आज काठमाडौंमा तुवाँलो लाग्ने सम्भावना

    आज काठमाडौंमा तुवाँलो लाग्ने सम्भावना

    काठमाडौं- स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ। उपत्यकालगायत देशका धेरै भूभागमा तुवाँलोको सम्भावना रहेको छ।

    विभागले आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेजनाएको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।