स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ - Chaitanya News
  • 2026-07-04
  • 04:57:00
  • शुक्रबार,आषाढ १९, २०८३
  • स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ

    स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ

    काठमाडौँ– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वैशाख १० मा तनहुँ–१ बाट लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन्। सोमबार तनहुँ – १ मा तरुण भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस उम्मेदवार भट्टराईसँग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको तुलना हुन नसक्ने बताए।

    ‘स्वर्णिम वाग्ले डलर खेतिमा लागेका बेला गोविन्द भट्टराई तनहुँबासीलाई पानी खुवाउन तल्किन हुनुहुन्थ्यो,’ गुरुङले भने, ‘उहाँ अर्को ठाउँबाट यहाँ चुनाव लड्न आउनु भएको होइन। उहाँ यही ठाउँमा जन्मिएर, हुर्किएर तनहुँको बिकासको लागि समर्पित हुनु भएको व्यक्ति हो।’

    विभिन्न आन्दोलनमा योगदान दिएको ऐतिहासिक जिल्ला तनहुँले अन्दोलनबाट उदाएको नेता भट्टराईमाथि न्याय गर्ने उनले बताए। फागुन २५ मा राष्ट्रपति पाएको तनहुँले वैशाख १० मा भट्टराईलाई संघीय संसदमा पठाउने गुरुङले विश्वास व्यक्त गरे।