काठमाडौं– गूगलले एआईबाट पावर गरिएको सर्च इन्जिनको विकास गरिरहेको छ। एआईमा प्रतिस्पर्धा हुन् थालेपछि गूगलले आफ्नै एआईबाट पावर गरिएको सर्च इन्जिनको विकास गर्ने भएको हो।
गूगलका अनुसार यस सर्च इन्जिनले प्रयोगकर्ताहरुलाई थप पर्सनालाइज्ड अनुभव दिनेछ। यो सर्च इन्जिन कहिले सार्वजनिक हुन्छ भन्ने बारे कुनै पनि जानकारी बाहिरिएको छैन्। यस सर्च इन्जिनको कोड नाम म्यागी रहेको छ।
सो सर्च इन्जिनभित्र सफ्टवेयर इन्जिनियरिङका प्रश्नहरु र कोडहरु उत्पादन गर्न सक्ने एआई च्याटबट समेत हुनेछ।
यस सर्च इन्जिनमा च्याटबट मार्फत गीत खोज्न पनि मिल्ने छ । सर्च इन्जिन बनाउनका लागि कम्पनीले १६० जना भन्दा बढि कर्मचरीलाई खटाएको छ।