वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ खारेजीको माग गर्दै आन्दोलनमा - Chaitanya News
  • 2026-05-02
  • 04:53:12
  • शुक्रबार,बैशाख १८, २०८३
  • वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ खारेजीको माग गर्दै आन्दोलनमा

    वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ खारेजीको माग गर्दै आन्दोलनमा

    काठमाडौँ– ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका छन्। निर्देशिका जारी भएसँगै एनओसी जारी गर्न रोकिएको थियो। जसले गर्दा आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्।

    एनओसी खारेजी गर, भविष्य अन्यौलमा नपार सरकारु भन्दै विद्यार्थीहरूले स्वतस्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग समेत गरेका छन्।

    आन्दोलन गर्नेमा विभिन्न इन्स्ट्युटहरूमा भाषा पढिरहेका विद्यार्थीहरू रहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेको थियो। उक्त निर्देशिकाले पढ्नका लागि विदेन जाने विद्यार्थीहरूलाई कडाई गरेको छ।

    विशेषगरी भाषा र डिप्लोमा कोर्स अध्ययन गर्न जानका लागि उक्त निर्देशिकाले रोक लगाएको छ। निर्देशिका जारी भएसँगै विशेषगरी जापानमा पढ्न जाने विद्यार्थीहरू पूर्ण रूपमा रोकिएका छन्। त्यस्तै अस्ट्रेलिया, क्यानडा लगायतका देशमा समेत सीमित कोर्स तथा भाषा अध्ययनका लागि रोक लागेको छ।

    उक्त निर्देशिका विरोध शैक्षिक परामर्श क्षेत्रका विभिन्न सङ्घ संस्थाहरूले समेत विरोध गर्दै आएका छन्।