वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने - Chaitanya News
  • 2026-05-02
  • 20:19:07
  • शनिबार,बैशाख १९, २०८३
  • वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

    वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

    काठमाडौं –  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

    सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।

    कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।