विश्वको प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं - Chaitanya News
  • 2026-06-21
  • 11:07:43
  • आइतबार,आषाढ ०७, २०८३
  • विश्वको प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं

    विश्वको प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं

    काठमाडौं –  मुलुकभर फैलिएको वायु प्रदूषणले आम नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

    विश्वका प्रदूषित शहरमध्ये पहिलो सूचीमा काठमाडौं शहर परेको छ । प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं परेपछि मुलुकभरका आन्तरिक उडान प्रायः ठप्प भएका छन् । अहिले वायु प्र्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । वायु प्रदूषणको अन्तर्राष्ट्रिय मापन निकाय आईक्यू एयरका अनुसार काठमाडौं उपत्यकाको एयर भिजुअल सूचक आईक्यू १९६ रहेको छ ।

    उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । प्रदूषणकै कारण अहिले विभिन्न देशले नेपाल भ्रमण गर्दा होसियारी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा सुधार आउन लागेका बेला वायु प्र्रदूषणका कारण नेपालमा पर्यटकको बसाइ लामो नहुने र नेपालको आर्थिक क्षेत्रमा समेत धक्का लाग्ने नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.धनञ्जय शर्माले बताउनुभयो ।

    नेपालमा खास गरी अहिलेको समयमा देशभरका वनहरूमा डडेलोबाट निस्किएको धुवाँ नेपालभर फैलनु, उद्योग कलकाराखानाबाट निस्कने प्र्रदूषण, सवारीसाधनकोे प्र्रदूषण र नेपालसँग सीमा जोडिएको भारतीय राज्यहरूमा अहिले गहुँ काटेर छ्वाली डढाउने र त्यसबाट निस्किएको धुवाँ नेपाल प्रवेश गर्ने भएकाले पनि अहिले बढी प्र्रदूषण फैलिएको मौसमविद्हरूले जानकारी दिएका छन् ।