अझैँ तीन दिन प्रदूषण घट्ने सम्भावना छैन - Chaitanya News
  • 2026-06-21
  • 11:07:42
  • आइतबार,आषाढ ०७, २०८३
  • अझैँ तीन दिन प्रदूषण घट्ने सम्भावना छैन

    अझैँ तीन दिन प्रदूषण घट्ने सम्भावना छैन

    काठमाडौं- काठमाडौंमा आज आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिनभर आज काठमाडौंको मौसम सामान्यतया सफा रहनेछ। अपराह्नपछि बदली हुने विभागले जनाएको छ।

    काठमाडौंमा आज अपराह्नपछि मौसममा बदली हुनेछ। त्यसअघि मौसम सामान्यतया सफा रहनेछ। मौसममा बदली भए पनि काठमाडौंमा वर्षाको सम्भावना छैन।

    अझै कम्तीमा तीन दिन काठमाडौंमा वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा नहुँदासम्म काठमाडौंको प्रदूषण यथावत रहने विभागले जनाएको छ। केही दिनयता काठमाडौंमा वर्षा नहुँदा प्रदूषणको मात्रा बढेको छ। स्वास्थ्यमा प्रत्यक्ष असर गर्नेगरी प्रदूषण बढिरहेको हो।

    प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।