आज तराईमा हावाहुरीको सम्भावना - Chaitanya News
  • 2026-06-21
  • 11:09:53
  • आइतबार,आषाढ ०७, २०८३
  • आज तराईमा हावाहुरीको सम्भावना

    आज तराईमा हावाहुरीको सम्भावना

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

    सोमबार दिउँसो  देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ।

    महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरु र बाँकी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।