काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा सिन्धुलीका युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ।
रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरुले उनलाई दुर्व्यवहार गरेका हुन्। युवराजले लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए र सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
आइतबार सफलले आफूलाई गाली गरेको भन्दै एक युवती प्रहरीकहाँ गएकी थिइन्। उनको आरोप थियो( ‘अन्तर्वार्ता लिन बोलाउँदा सफलले मलाई गाली गरे।’ युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले गाली बेइज्जती मुद्दा प्रहरीमा दर्ता नहुने भन्दै अदालत जान आग्रह गरेको थियो।
त्यहीबेला सफल टेकु परिसरमा पुगेका थिए। प्रहरी कार्यालयमा पुग्नासाथ रविका समर्थकले उनलाई दुर्व्यहार गरेका थिए। दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ।