परराष्ट्रमन्त्री साउदले लिए शपथ - Chaitanya News
  • 2026-06-21
  • 11:27:41
  • आइतबार,आषाढ ०७, २०८३
  • परराष्ट्रमन्त्री साउदले लिए शपथ

    परराष्ट्रमन्त्री साउदले लिए शपथ

    काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् ।

    कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए ।

    कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।