कैलालीमा कोरोना संक्रमितको मृत्यु - Chaitanya News
  • 2026-06-21
  • 09:01:31
  • आइतबार,आषाढ ०७, २०८३
  • कैलालीमा कोरोना संक्रमितको मृत्यु

    कैलालीमा कोरोना संक्रमितको मृत्यु

    धनगढी –  कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।

    धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

    चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो ।

    उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।