व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन - Chaitanya News
  • 2026-06-21
  • 09:01:29
  • आइतबार,आषाढ ०७, २०८३
  • व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन

    व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन

    काठमाडौं – व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन रहेको छ। देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन हो।

    शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ। १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो।

    जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ।