नयाँ शैक्षिक सत्र सुरू : बजारमा  छैन पाठ्यपुस्तक - Chaitanya News
  • 2026-05-02
  • 04:53:13
  • शुक्रबार,बैशाख १८, २०८३
  • नयाँ शैक्षिक सत्र सुरू : बजारमा  छैन पाठ्यपुस्तक

    नयाँ शैक्षिक सत्र सुरू : बजारमा  छैन पाठ्यपुस्तक

    काठमाडौं –  नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत सामुदायिक विद्यालयको पाठ्यपुस्तक बजारमा छैनन् ।

    जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा पठाउन नसक्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।

    जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले उदयपुरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिकाले समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका हुन् ।