मेडिकल स्नातकको लाइसेन्स परीक्षा जेठमा (तालिकासहित) - Chaitanya News
  • 2026-05-22
  • 18:30:09
  • शुक्रबार,जेठ ०८, २०८३
  • मेडिकल स्नातकको लाइसेन्स परीक्षा जेठमा (तालिकासहित)

    मेडिकल स्नातकको लाइसेन्स परीक्षा जेठमा (तालिकासहित)

    काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको छ।

    स्नातकको जेठ, असोज र माघमा लाइसेन्स परीक्षा हुनेछ। स्नातकोत्तरको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुने तालिका छ।

    आउँदो वर्ष स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गते हुनेछ । त्यसका लागि वैशाख ४ गतेदेखि अनलाइन फराम खुला गरिनेछ।

    योपटकको परीक्षामा विदेशी कलेजहरूमा भर्ना भई नेपालमै इन्टर्नसिप गरिरहेका विद्यार्थी पनि सहभागी हुन पाउने काउन्सिलले जनाएको छ।