कर्णाली सरकारबाट बाहिरियो एमाले - Chaitanya News
  • 2026-07-04
  • 01:54:30
  • शुक्रबार,आषाढ १९, २०८३
  • कर्णाली सरकारबाट बाहिरियो एमाले

    कर्णाली सरकारबाट बाहिरियो एमाले

    सुर्खेत- कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो।

    मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन्।