'प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्छ' - Chaitanya News
  • 2026-07-04
  • 01:54:22
  • शुक्रबार,आषाढ १९, २०८३
  • ‘प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्छ’

    ‘प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्छ’

    काठमाडौं- प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्ने नेपाल निजामती कर्मचारी युनियनको अडान रहेको युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेले बताए।

    संघीयतापछि दोश्रो कार्यकालको निर्वाचन पश्चात पनि संघीय निजामती ऐन आउन नसक्नु दुखद भएको उनको भनाइ छ। निजामती कर्मचारीको एकमात्र कानुनलाई विभिन्न वहानामा आउन नदिनु कर्मचारीकै ट्रेड युनियन कर्मीको पनि कमजोरी रहेको पोखरेलले बताए।

    ‘ट्रेड युनियनको पहिलो धर्म निजामतीको हक हित हो। दलको लाइन होइन। यो समय हामी कर्मचारी हकहितको लागि आफ्नो दल र दलको सरकारसँग पनि आन्दोलिन हुनुपर्छ। संघीय निजामती सेवा ऐनमा सरुवा, बढुवा, वृत्ति विकास, राजपत्रअनंकितहरूको मर्का नसमेटिई आउँदैन। त्यसको लागि हामीहरू लागि रहेका छौं। आवश्यक परेमा आन्दोलित हुन तयार हुनुहोला,’ उनले भने।

    समयोजन ऐनमा जस्तै हेल्पडेस्क राखेर कर्मचारीहरुलाई भ्रामित नपार्न अन्य ट्रेड युनियनलाई उनको अनुरोध छ।

    नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले आयोजना गरेको बनभोज, शुभकामना आदान प्रदान र २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै संघीय निजामती सेवा ऐन छिट्टै आउनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो।