मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त - Chaitanya News
  • 2026-06-05
  • 19:41:46
  • शुक्रबार,जेठ २२, २०८३
  • मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त

    मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त

    काठमाडौं– (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्रको प्रशिक्षकमा अनुभवी प्रशिक्षक किशोर केसी नियुक्त भएका छन्।लगातार दुई उपाधि जिताएका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मच्छिन्द्र प्रशिक्षक विहिन बनेको थियो। उनको अनुपस्थितिमा क्लबका सहायक प्रशिक्षक सन्तोष न्यौपानेले प्रशिक्षण सम्हालेका थिए। तर लगातार दुई खेल बराबरीमा रोकिएपछि क्लबले केसीलाई नियुक्त गरेको हो।

    केसी पछिल्लो सिजन जावलाखेलको मुख्य प्रशिक्षक थिए। यस सिजन सुनिल श्रेष्ठ जावलाखेलमा आएपछि केसीले कुनै टोली सम्हालेका थिएनन्। यस सिजन जावलाखेलले ७ खेलमा १४ अंक जोड्दै उच्च सुरुवात गरेको छ। मच्छिन्द्र भने ६ खेलमा ६ अंकका साथ ११ औं स्थानमा छ।

    आइतबार दिउँसो २ बजे सुरु भएको खेलमा मच्छिन्द्र र संकटा भिड्दा केसीले टचलाइनमा जिम्मेवारी सम्हालेका छन्।