म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना - Chaitanya News
  • 2026-05-22
  • 18:29:57
  • शुक्रबार,जेठ ०८, २०८३
  • म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना

    म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना

    पोखरा– म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ। अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो। सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो।

    बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले नेपाल प्रेसलाई बताए।

    ‘हेलिकप्टर दुर्घटना भएको छ। तर, पूर्ण विवरण आइसकेको छैन,’ गौतमले भने।

    उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले हेलिकप्टर फोर्स ल्याण्डिङ गरेको बताए। पाइलट प्रिया अधिकारी र अन्य एक जनाको अवस्था सामान्य रहेको प्रजिअ पौडेलले जानकारी दिए।