प्रधानमन्त्री र लेखराज भट्टबीच भेटवार्ता - Chaitanya News
  • 2026-07-04
  • 00:36:09
  • शुक्रबार,आषाढ १९, २०८३
  • प्रधानमन्त्री र लेखराज भट्टबीच भेटवार्ता

    प्रधानमन्त्री र लेखराज भट्टबीच भेटवार्ता

    धनगढी- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।

    आज एमाले सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले बताइएको छ।

    प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। लेखराज पूर्वमाओवादी नेतासमेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए।