काठमाडौं – नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले पालिका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिवहरुको सरुवा/ बढुवा संघबाट नै हुनुपर्ने औंल्याएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची शाखाले नरपानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तो नभएमा आन्दोलनको कार्यक्रम समेत घोषणा गर्ने उनको भनाइ छ ।
उनले युनियनका संगठनहरुको पहिलो प्राथामिकता कर्मचारीका हक हितमा काम गर्ने भएको बताए ।
कर्मचारीको हकहितका लागि गठन भएका आधिकारिक ट्रेड यूनियनले पार्टीका विचारमा लाग्दा कर्मचारीको हक हितमा केही समस्या हुँदै आएको अध्यक्ष पोखरेलले बताए ।