विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय : मेयर बालेन - Chaitanya News
  • 2026-05-22
  • 18:30:03
  • शुक्रबार,जेठ ०८, २०८३
  • विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय : मेयर बालेन

    विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय : मेयर बालेन

    काठमाडौँ –  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेच्ने काम दण्डनीय भएको स्मरण गराएका छन् ।

    उनले विद्यालयले किताब र पोसाक सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै यो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको बताएका हुन् । मेयर शाहले आज फेसबुकमा लेख्दै भनेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाक समेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’

    उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन् ।

    ’ सम्पूर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ,’ उनले लेखेका छन् । महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएर चैत १७ गते नै प्रेस विज्ञप्ति समेत निकालेको थियो । महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए