ह्याम्सको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर - Chaitanya News
  • 2026-05-22
  • 17:27:28
  • शुक्रबार,जेठ ०८, २०८३
  • ह्याम्सको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर

    ह्याम्सको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर

    काठमाडौं- धुम्बाराहीरस्थित ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ।

    अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि दुर्घटना हुनबाट जोगिएको हो। घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

    ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन्।

    अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ।

    हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन्। दुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।