राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त - Chaitanya News
  • 2026-05-22
  • 17:27:28
  • शुक्रबार,जेठ ०८, २०८३
  • राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

    राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन्।

    राष्ट्रपति कार्यालयले शुक्रबार वरिष्ठ छाती रोग विशेषज्ञ डा. बमलाई नियुक्त गरेको हो।

    डा. बम त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक समेत हुन्।

    राष्ट्रपति कार्यालयबाट पाएको जिम्मेवारीलाई आफूले इमानदारपूर्वक पूरा गर्ने उनले बताए।

    ‘राष्ट्रपतिज्यूलाई सरकारी अस्पतालको गुणस्तरमा चासो छ,’ डा. बमले भने,’केही दिनअघि अस्पताल आउँदा समेत उहाँले अस्पतालका पदाधिकारीलाई भेटेर गुणस्तर सुधार्न सरकारसँग छलफल गर्ने बताउनुभएको थियो।’