काठमाडौं– नयाँ बानेश्वरमा दुईवटा ग्यालिनमा पेट्रोल बोकेर हिँडेका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरका ५३ वर्षका पुरुषले मर्छु भन्दै पेट्रोल बोकेर हिँडेको भेटेपछि नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। पारिवारिक समस्याका कारण उनले यस्तो गतिविधि गरेकाले सम्झाई बुझाई पठाउने तयारी भएको प्रहरीको भनाइ छ।