ए डिभिजन लिग : कोफीको दुई गोलमा फ्रेण्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा - Chaitanya News
  • 2026-09-20
  • 20:56:54
  • आइतबार,आश्विन ०४, २०८३
  • ए डिभिजन लिग : कोफीको दुई गोलमा फ्रेण्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

    ए डिभिजन लिग : कोफीको दुई गोलमा फ्रेण्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

    काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग २०७९–८० मा मनाङ मर्स्याङ्दी क्लबले शुक्रबार फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गरेको छ। सिजनको चौथो जितपछि मनाङ शीर्ष स्थानमा उक्लिएको छ।

    च्यासल मैदानमा भएको खेलमा मनाङलाई जिताउन दुबै गोल विदेशी खेलाडी कोफी कोउडोले गरे। उनले ३२ औं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेका थिए।

    जितपछि ६ खेलबाट १४ अंक जोडेको मनाङ जाउलखेललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। जाउलाखेलको पनि समान १४ अंक भएपनि गोल अन्तरमा मनाङ अघि छ।

    शुक्रबारै भएको खेलमा खुमलटार एफसीसँग बराबरीमा रोकिएपछि जाउलाखेलले शीर्ष स्थानमा रहिरहने मौका गुमाएको छ।

    ७ खेलबाट १४ अंकसहित जाउलाखेल दोस्रो स्थानमा छ।सिजनको चौथो हार बेहोरेको फ्रेण्ड्स ६ खेलबाट ४ अंकसहित १२औं स्थानमै यथावत छ। फ्रेण्ड्स रेलिगेसन जवनबाट मात्र एक अंक माथि छ।