काठमाडौँ— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र अवसरवादीहरू मौलाएको भन्दै त्यस्तो प्रवृत्ति भएकाहरूबाट जोगिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले आफू त्यस्त अवसरवादीहरूबाट सावधान भइसकेको बताए।
‘म सधैं श्रमिकहरूको पक्षमा छु, श्रमिकको अधिकारको पक्षमा उभिन प्रतिबद्ध छु, तर पार्टीभित्र अवसरवादीहरू पनि छन्, त्यस्ता अवसरवादीहरूदेखि सावधान रहनुहोला, म त सावधान भइसकेँ,’ नेता कोइरालाले भने, ‘तपाईहरू पनि सावधान रहनुहोला। उनले आफू पनि पार्टीभित्र संघर्ष गरिरहेको, तर आफुले चाहेको जस्तो गर्न नसकिरहेको बताए।
म श्रमिकहरूलाई पार्टीमा मात्रै होइन, संसद् र सरकारमा पनि पुर्याउन, देख्न चाहन्छु, त्यसका लागि पहल गर्छु,’ उनले भने, ‘मैले यति गर्न सके भने मलाई लाग्छ, मैले तपाईहरूलाई न्याय गरेको ठहरिनेछ। म कोसिस गर्दैछ, प्रयास गर्दैछु । तर आफू नै त्यो सबै गर्न सक्ने ठाउँमा पुगेको छैन। म त्यहाँ भइसकेपछि मात्रै धेरै कुराहरू गर्न सकिने रहेछ। समय आउँदैछ, तपाईंहरूलाई पनि थाहै छ। समय आएपछि, ठाउँमा पुगिसकेपछि मैले गरिन भने तपाईहरूले मलाई औंल्याउन सक्नुहुन्छ।
उनले मुलुकको राजनीति अफ्ठ्यारो अवस्थामा पुगिरहेको भन्दै अब सबै स्वार्थ छाडेर ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको बताए।