विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ : मन्त्री रिजाल - Chaitanya News
  • 2026-07-04
  • 00:22:59
  • शुक्रबार,आषाढ १९, २०८३
  • विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ : मन्त्री रिजाल

    विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ : मन्त्री रिजाल

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताएका छन्।

    राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन। त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ।” उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए।

    गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्ने जानकारी दिए। “हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ। हामी विदेशी विज्ञापन यहाँ ल्याएर स्वदेश विदेशी मुद्रा भित्र्ययाउन प्रयासरत छौँ।” प्रारम्भिक साधारणसभाले दुईवर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्नेछ।