जनप्रतिनिधिबाटै विभेद हुनु ६० लाख दलित समुदायको मर्म र भावनामाथि प्रहार हो : सांसद विक - Chaitanya News
  • 2026-07-03
  • 23:16:31
  • शुक्रबार,आषाढ १९, २०८३
  • जनप्रतिनिधिबाटै विभेद हुनु ६० लाख दलित समुदायको मर्म र भावनामाथि प्रहार हो : सांसद विक

    जनप्रतिनिधिबाटै विभेद हुनु ६० लाख दलित समुदायको मर्म र भावनामाथि प्रहार हो : सांसद विक

    काठमाडौं– नेपाली कांग्रेसका सांसद शान्ति बिकले जनप्रतिनिधिबाट नै विभेद हुनु ६० लाख दलित समुदायको मर्म र भावनामाथि प्रहार भएको बताएकी छन्।

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले जातीय विभेदविरुद्ध कानून भए पनि शिक्षित र सभ्य समाजको मस्तिष्कमा कोरिन नसकेको बताइन्। समाजमा जातीय विभेद अझै पनि यथावत रहेको तर विभेदका स्वरुपमात्रै फेरिएको उनको भनाइ छ।

    सांसद बिकले भनिन्, ‘सदियौंदेखि विभेदको पीडा एक पटक हाम्रो ठाउँमा राखेर अनुभव गर्नुहोस्। समाजमा सम्मानपूर्वक बाँच्न नपाउनुको अवस्था दुई दिनमा बुझ्न सक्नुहुन्छ।’