आफ्नो परीक्षा दिन नक्कली परीक्षार्थी पठाएको आरोपमा गोनाही नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी - Chaitanya News
  • 2026-05-02
  • 03:45:12
  • शुक्रबार,बैशाख १८, २०८३
  • आफ्नो परीक्षा दिन नक्कली परीक्षार्थी पठाएको आरोपमा गोनाही नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी

    आफ्नो परीक्षा दिन नक्कली परीक्षार्थी पठाएको आरोपमा गोनाही नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं– रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    साहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी रहेका मेयर साहको सट्टामा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको पाइएपछि जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

    यसअघि गएको आइतवार उनको सट्टा एसईई दिँदै गरेको आरोपमा प्रहरीले गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीका कमल साहलाई पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उहाँमाथि पनि छानबिन गर्न पक्राउ पुर्जी जारी गराइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए।