शिक्षकहरुको शिक्षक वैयक्तिक तथा नोकरी विवरण एक मुष्ट पठाउन राष्ट्रिय किताबखानाको अनुरोध - Chaitanya News
  • 2026-09-15
  • 08:30:02
  • मंगलबार,भाद्र ३०, २०८३
  • शिक्षकहरुको शिक्षक वैयक्तिक तथा नोकरी विवरण एक मुष्ट पठाउन राष्ट्रिय किताबखानाको अनुरोध

    शिक्षकहरुको शिक्षक वैयक्तिक तथा नोकरी विवरण एक मुष्ट पठाउन राष्ट्रिय किताबखानाको अनुरोध

    काठमाडौं– राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी भएका शिक्षकहरुको वैयक्तिक तथा नोकरी विवरण (सिटरोल)कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको भन्दै एक मुष्ट पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ।

    किताबखानाले जिल्ला जिल्लाबाट सम्बन्धित शिक्षकहरु आइरहे पनि निवृत्तभरण, उपदान, अस्थायी गोल्डेन ह्यान्डसेक लगायत अन्य कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको भन्दै सबैको कागजात एकैसाथ शिक्षा विकास तथा समन्वय इकाइलाई सम्बन्धित शिक्षकहरुको शिक्षक वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) पठाउन अनुरोध गरेको छ।

    सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले त्यसरी आवश्यक कागजात सहित रुजु गरी एक मुष्ट रुपमा किताबखानामा प्रमाणित गर्न पठाएमा किताबखानाले पनि त्यसैगरी एकमुष्ट फिर्ता गरी दिने जनाएको छ।

    शिक्षा नियमावली अनुसार स्थायी नियुक्ति लिएको मितिले ९० दिनभित्र किताबखानामा शिक्षक वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) पेश भई सक्नुपर्नेछ।