वैदेशिक रोजगारमा जानेहरुले देशलाई श्रीलंक हुनबाट जोगाइरहेका छन : सांसद सिंह - Chaitanya News
  • 2026-05-22
  • 16:32:21
  • शुक्रबार,जेठ ०८, २०८३
  • वैदेशिक रोजगारमा जानेहरुले देशलाई श्रीलंक हुनबाट जोगाइरहेका छन : सांसद सिंह

    वैदेशिक रोजगारमा जानेहरुले देशलाई श्रीलंक हुनबाट जोगाइरहेका छन : सांसद सिंह

    काठमाडौं– राप्रपा सांसद दिपकबहादुर सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंक हुनबाट जोगाइरहेको बताएका छन्।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट पैसा नआएको भए सांसदहरुले पनि तलब भत्ता खान नपाउने बताए।

    उनले भने, ‘आज ती भाइबहिनीहरुको सुरक्षाको लागि सरकारले के दिएको छ? के गरेको छ?सरकारले त्यो पक्षमा के सोचेको छ। सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ। त्यो पैसा जो बाकसमा आएका छन्। त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो।

    सरकारले एक सय दिन कटाउँदा समेत केही गर्न नसकेपछि विरोध भएको बताए। उनले भने, ‘अब जनताले विकल्प खोज्ने बेला आएको छ।