विराटनगर– विराटनगर महानगरपालिकाले लागू गरेको नो पार्किङ अभियानविरुद्ध विराटनगरका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
बुधबार पसलका सटरहरु बन्द गर्दै जलजला चोकमा भेला भएका व्यवसायीहरुले महानगरले व्यवसायीका विषयमा गम्भिर नभएको आरोप लगाउँदै नाराबाजी गरेका हुन्। नो पार्किङ अभियानले विराटनगरका व्यवसाय थप धरासायी भएको व्यवसायीहरुले दावी गरेका छन्।
आन्दोलनका क्रममा यातायातका साधनहरु बजारक्षेत्रमा चल्न दिइएको छैन। महानगरले व्यवसायीका माग सम्बोधन नगरे भोलिदेखी झन् आन्दोलन चर्किने चेतावनीसमेत दिएका छन्।
तर, महानगर भने नो पार्किङ अभियान कार्यान्वयन गर्ने निर्णयमा अडिग देखिएको छ।