काठमाडौं– नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज पनि भएन।
उनीविरुद्ध गौशाला २६ ले दायर गरेको बलात्कार मुद्दाको सुनुवाइका लागि आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजालास तोकिएको थियो।
६ नम्बरमा रहेको उक्त मुद्दा समय अभावका कारण आज सुनुवाई हुन नसकेको काठमडौं जिल्ला अदालतले जनाएको छ यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गराएका थिए।
तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो।
साथै सन्दीपले विदेश खेल्न जान माग गर्दै सर्वोच्चमा दिएको रिटको फैसला गर्दा जिल्ला अदालतले चाँडो मुद्दा टुंग्याउन पनि आदेश दिएको थियो।