काठमाडौं– नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले चुनाव लड्न आर्थिक सहयोग मागेका छन्।
उनले निर्वाचन लड्न धेरैजना शुभचिन्तकले इच्छा गरेको उल्लेख गर्दै यसै प्रयोजनार्थ आफूले छुट्टै खातासमेत खोलेको बताएका छन्। उनले काठमाडौंस्थित सानिमा बैंकमा खाता खोलेर त्यही खातामा रकम सहयोग गर्न भनेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘तनहुँ १ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानूनबमोजिम गर्नेछु।’
![]()