उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जिताउन पाँच दलको संयुक्त अपिल - Chaitanya News
  • 2026-05-22
  • 15:29:19
  • शुक्रबार,जेठ ०८, २०८३
  • उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जिताउन पाँच दलको संयुक्त अपिल

    उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जिताउन पाँच दलको संयुक्त अपिल

    काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध पाँच प्रमुख घटकले आगामी उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जिताउन संयुक्त अपिल जारी गरेका छन्।

    प्रधानमन्त्रीसहित रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।

    वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा गठबन्धनका तर्फबाट तनहुँ १ मा कांग्रेसका गोबिन्द भट्टराई, चितवन २ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा २ मा जसपाका उपेन्द्र यादव आधिकारिक उम्मेदवार हुन्।

    पाँच शीर्ष नेताले साझा उम्मेदवार जिताउन गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ,संस्था, संगठनमा आबद्ध सबैलाई सक्रिय योगदान गर्न आह्वान गरेका छन्।​