काठमाडौं– फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ मंगलबार सार्वजनिक भएको छ। वसन्त सापकोटाद्वारा संगीतबद्ध यो डान्सिङ ट्रयाकमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर समावेश छ। फिल्मका शीर्ष कलाकारहरु आँचल शर्मा र आशिर्वाद क्षेत्री गीतमा फिचर्ड छन्।
नृत्यप्रधान यो गीत रोमान्टिक लाग्छ। विकासराज आचार्य निर्देशित यो फिल्म बैशाख १ गते प्रदर्शन तयारीमा छ। बाल र युवापुस्ताको प्रेमकथामा आधारित यो फिल्म नाइँ नभन्नू लको छैटौं श्रृंखला हो। विष्णुमणी दाहालसँग मिलेर विकासले फिल्म निर्माण गरेका हुन्।