काठमाडौं– राष्ट्रिय सभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ।
राष्ट्रिय सभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
यी दुवै विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका थिए। राष्ट्रिय सभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन्। राष्ट्रिय सभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ।