मधेश सरकारबाट बाहिरियो एमाले - Chaitanya News
  • 2026-07-03
  • 20:04:42
  • शुक्रबार,आषाढ १९, २०८३
  • मधेश सरकारबाट बाहिरियो एमाले

    मधेश सरकारबाट बाहिरियो एमाले

    काठमाडौं– मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।

    मंगलबार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर एमालेका चारै जना मन्त्रीले राजीनामा बुझाएका हुन्।

    सरकारमा एमालेबाट शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार, सरोजकुमार यादव भौतिक पूर्वाधार विका, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, मोहमद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद र केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए।

    एमालेले समर्थनमा पुस २७ मा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, एमाले भने पुस २९ मा सरकारमा सहभागी भएको थियो। २९ पुसमा एमालेबाट सरोज यादव मन्त्री बनेका थिए भने अन्य तीन जना भने माघ २० मा मन्त्री बनेका थिए।

    मधेश प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन्। एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस, नेकपा एस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री यादवको तयारी छ।